काठमाण्डु, १६ असोज– प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको नगद ११ लाख ८१ हजार ३ सय रूपैयाँ सहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ सम्सी गाँउ बस्ने ४२ वर्षीय शेष हसमत अली रहेको प्रहरीले जानकारी दिएको छ ।
अलीलाई मनरासिस्वा नगरपालिका–२ भोल्ही चोकबाट प्रकाउ गरीएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले प्र.२–०२–००५ प ५९९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे आवाश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।