काठमाण्डु, १६ असोज– नेकपा माओवादी केन्द्रनिकट अखिल विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित भएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले बुधबारका लागि तय भएको निर्वाचन प्रक्रिया स्थगित गर्ने निर्णय भएको एक विद्यार्थी नेताले जानकारी दिए ।
ति विद्यार्थी नेताका अनुसार अझैपनि सहमतिको प्रयास गरिने र नभएको खण्डमा बिहीबारदेखि फेरि निर्वाचनको प्रक्रिया अगाडि बढाइने छ । नेतृत्वमा सहमति नजुट्दा अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बिएको छ ।