मोटोको ढिस्कोमा पुरिएर हुम्लामा दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १६ गते १३:२६ मा प्रकाशित

काठमाण्डु, १६ असोज– हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । घर सजावटका लागि माटो खन्ने क्रममा माथिबाट आएको मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४ वर्षीया मनसुरा मल्ल रहेको प्रहरीले जानकारी दिएको छ ।

ताँजाकोट गाउँपालिका–३ रामगाउँका उनीहरू दसैँमा घर सजावटका लागि बुधबार बिहान माटो खन्न गएको खुलेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिएका छन ।

माटो खन्नेक्रममा माथिबाट खसेको माटोको ढिस्कोमा परी उनीहरूको मृत्यु भएको चन्दले जानकारी दिएका छन । सँगै माटो लिन गएका सोही ठाउँमा अन्दाजी २६ वर्षीय लालबहादुर शाही घाइते भएको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us