काठमाण्डु, १६ असोज– स्याङ्जाको हरिनाश गाउँपालिका–४ बाङ्गेश्वारामा घन प्रहार गरी एक जनाको हत्या भएको छ ।
मंगलबार बिहान १० बजेतिर घन प्रहारबाट स्थानीय ५८ वर्षका प्रेमबहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्सपेक्टर उमेशलाल श्रेष्ठले जानकारी दिएका छन ।
घन प्रहार गरेको आरोपमा सोही ठाउँका ३२ वर्षका सुरेश थापालाई तत्कालै नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।