काठमाण्डुबाट जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ

काठमाण्डु टुडे २०८१ असोज १६ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, १६ असोज– प्रहरीले जुवा खेलिरहेको अवस्थामा काठमाण्डुको दुई स्थानबाट २९ जना जुवाडे पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका २६ मित्रनगरस्थित रामशरण पाण्डेको त्रिपुरा सुन्दरी होटल एण्ड लजमा जुवा (कौडा) खेलिरहेको अवस्थामा काभ्रे तेमाल गाउँपालिका ६ घर भई हाल काठमाण्डुको बौद्ध बस्ने २८ वर्षीय सोम बहादुर तामाङसमेत १३ जनालाई मंगलबार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ६ हजार रूपैयाँ, ४५ थान कौडा र ४ थान मोबाइल सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै काठमाण्डु कागेश्वरी मनोहरा नगरपालिका ९ सनसिटी लाईफ बेकरीस्थित अनिता राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा भक्तपुर चाँगुनारायण नगरपालिका २ घर भएका ४२ वर्षीय नवराज श्रेष्ठ समेत १६ जनालाई गएराति पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४२ हजार ५ सय रूपैयाँ, २२ थान मोबाइल र १७ थान कौडा सहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us