कोसी र बागमतीमा तीन दिन भारी वर्षा हुन्छ, पहिरोका जोखिम छः प्राधिकरण

काठमाण्डु टुडे २०८१ असोज १६ गते १०:४६ मा प्रकाशित

काठमाण्डू, १६ असोज- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बागमती र कोशी प्रदेशमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै बुधबारदेखि १८ असोजसम्म  भारी वर्षाको सम्भावना रहेकाले  सतर्कता अपनाउन आग्रह गरेको हो । 

अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ ।

ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न पनि भनिएको  छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us