बस र बोलेरो ठोक्किए, बोलेरो चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १६ गते ८:५२ मा प्रकाशित

विराटनगर, १६ असोज– मोरङको बेलबारी नगरपालिका–३ मा बस र बोलेरो ठोक्किएर दुर्घटना भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना४ख१४९० नम्बरको बस र विपरीत दिशामा रहेको बोलेरो आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा बोलेरो चालक बेलबारी–९ बाहुनीका ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी बोलेरो पूर्ण रुपमा क्षति भएको छ भने बसको अगाडिको भागमा क्षति पुगेको छ ।

दुर्घटनापछ बस चालक फरार छन् । उनको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us