सुनसरीको तरहरा आसपास भारी वर्षा, विभागद्वारा रेड अलर्ट जारी

काठमाण्डु टुडे २०८१ असोज १६ गते ८:२६ मा प्रकाशित

सुनसरी, १६ असोज– सुनसरीको तरहरा र आसपास क्षेत्रमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सरहरा आसपास क्षेत्रसहित कोसीका केही स्थानमा बुधबार बिहान भारी वर्षा भइरहेको छ ।

विभागका अनुसार पछिल्लो ३ घण्टामा तरहरामा ६६.८ मिलिमिटर र केराबारी क्षेत्रमा ५२.८ मिलिमिटर वर्षा मापन भएको छ ।

विभागले भारी वर्षाका कारण विभिन्न खोलामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

सर्दु ,सुनसरी खोला ,बुढी खोला, खेसलिया खोलालगायत अन्य स-साना खोलामा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन विभागको आग्रह छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us