प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न ओलीको आग्रह

काठमाण्डु टुडे २०८१ असोज १६ गते ८:१९ मा प्रकाशित

काठमाण्डु, १६ असोज– प्रधानमन्त्री केपी ओलीले राष्ट्रलाई परेको संकटको समयमा आर्थिकसहित सबै सहयोग गर्न आमजनतालाई अपिल गरेका छन् ।

ओलीले विपदको समयमा सरकार र जनताबीच सहकार्य हुनेपर्ने बताए । ओलीले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत सामग्री वितरण, उद्धार र पुनःस्थापनाका लागि सबैलाई सहयोग गर्न आह्वान गरे ।

उनले विपद् व्यवस्थापनमा मानवीय दायित्व निर्वाह गर्ने सबैलाई कृतज्ञता व्यक्त गरेका छन् । उनले विपद्को समयमा आमनागरिकलाई सुरक्षित रहन र सचेततापूर्वक सावधानी अपनाउन भनेका छन् ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन करोड आर्थिक सहयोग संकलन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us