बाढीपहिरोमा मृत्यु हुनेको संख्या २ सय २८ पुग्यो

काठमाण्डु टुडे २०८१ असोज १६ गते ७:५३ मा प्रकाशित

काठमाण्डु, १६ असोज– बाढीपहिरो र डुबानमा परी २ सय २८ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार २५ जना बेपत्ता छन् । १ सय ५८ जना घाइते छन् । बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।

तिवारीका अनुसार खोज, उद्धार र सहायताका लागि सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता राखेको दाबी उनले गरे ।

बाढीपहिरोबाट अवरुद्ध भएका राजमार्गहरुको सञ्चालन यथाशक्य प्रयास जारी रहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us