पृथ्वी राजमार्गमा रातभर गाडी चल्न दिने सरकारको निर्णय

काठमाण्डु टुडे २०८१ असोज १५ गते २१:१७ मा प्रकाशित

काठमाण्डु, १५ असोज– सरकारले पृथ्वी राजमार्गमा रातिको समयमा पनि सवारी आवागमन सुचारु गराउने निर्णय गरेको छ ।

दसैंको मुखमा राजधानी आउजाउ गर्ने प्रमुख राजमार्गमा यातायात बन्द गर्न नहुने निस्कर्षसहित सरकारले यातायात खुलाएको हो ।

गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा पनि त्रिभुवन राजमार्ग खुलाउने निर्णय गरेको छ ।

यसअघि नौबिसे–नागढुंगा सडक खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय भएको थियो ।

गृह मन्त्रालयले उक्त निर्णय फिर्ता लिएको छ । राजमार्गमा निर्वाध रुपमा सवारी साधन चलिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्राह्लाद सिलवालले जानकारी दिए ।

अबिरल वर्षासँगै धादिङको झ्याप्ले खोलामा शनिबार खसेको पहिरोले चारवटा सवारी साधन पुरिँदा ३५ यात्रुको ज्यान गएको थियो ।

मंगलबार केही घण्टा सवारी आवागमन पूर्ण रुपमा बन्द गरेर पहिरो पन्छाइएको थियो ।

अहिले उक्त स्थानबाट दुई तर्फी सवारी साधन सञ्चालन भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयमा अनुसार काठमाण्डु भित्रिने भन्दा बाहिरिने सवारी साधनको चाप उच्च छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us