आफ्नै पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ असोज १५ गते १७:४६ मा प्रकाशित

काठमाण्डु, १५ असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको मुख्यालय अवलोकन गरेका छन् । बसेरा होटलमा सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओली च्यासल पुगेको स्रोतले जानकारी दिएको छ ।

महासचिव शंकर पोखरेल र केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले प्रधानमन्त्री ओलीलाई केन्द्रीय कार्यालयको अवस्थाबारे जानकारी दिएका थिए । गत शुक्रबारको बाढीले एमाले मूख्यालय डुबानमा परेको थियो ।

तर प्रधानमन्त्री ओली सोमबार मात्र अमेरिकाबाट स्वदेश फर्किएपछि आज एमाले मुख्यालय च्यासल पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us