काठमाण्डु, १५ असोज– पृथ्वी राजमार्गस्थित धादिङको धुनिवेशी नगरपालिका–९ मा पर्ने झ्याप्ले खोलाको अवरोध हटेको छ । गएको बिहिबारदेखि शनिबारसम्म भएको अविरल बर्षाको कारणले गर्दा आएको पहिरोको कारणले गर्दा बन्द रहेको सडक पहिरो पन्छाएर दुईतर्फी सवारी सञ्चालन सुरु भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिएका छन ।
झ्याप्ले खोलाको पहिरो पन्छाएर दुइतर्फी सवारी सञ्चान सुरु गरिएको उनले जानकारी दिए । उनले भने, ‘झ्याप्ले खोलाको पहिरो हटाएर यहाँबाट दुईतर्फ सवारी सञ्चानल गरिएको छ ।’ झ्याप्ले खोलादेखि नागढुंगासम्म मध्यान्ह ११ बजेदेखि १ बजेसम्म मोटरसाइकल समेत चलाउन रोक लगाएर पहिरो पन्छाइएको थियो । झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले जानकारी दिएका छन ।