काठमाण्डु, १५ असोज– नागढुंगा–नौबिसे सडक खण्डबाट सवारी आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ ।
सवारी रोकेर सडकमा थुप्रिएको पहिरो हटाउन लागिएको प्रहरीले जनाएको छ ।
नागढुंगाबाट साढे २ किमी तल धादिङ र काठमाण्डुको सिमाना झ्याप्ले खोलामा शुक्रबार राति पहिरो खस्दा चारवटा सवारी साधन पुरिएका थिए ।
ती सवारी साधनबाट ३५ जनाको शव भेटिएको छ ।
पहिरो पन्छाएपछि आजैदेखि दुईतर्फी सडक सुचारु गर्ने तयारी रहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।