प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिपूर्णः एमाले

काठमाण्डु टुडे २०८१ असोज १५ गते १४:५२ मा प्रकाशित

काठमाण्डु, १५ असोज– सत्तारुढ दल एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण अत्यन्तै उपलब्धिपूर्ण रहेको निष्कर्ष निकालेको छ ।

आज मंगलबार बसेरा होटलमा बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणले नेपालको प्रतिष्ठा बढेको निष्कर्ष निकालेको बैठकपछि एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन ।

महासचिव पोखरेलले भने, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अत्यन्त उपलब्धिपूर्ण रह्यो, ‘औपचारिक–अनौपचारिक भेटघाटले स्वाभाविक रूपमा नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने खालको काम भएको छ ।

त्यसबाट नेपालको प्रतिष्ठा वृद्धि गर्ने कुरामा सम्माननीय प्रधानमन्त्री र उहाँको टिमको भ्रमण उपलब्धिपूर्ण रहेको बैठकले निष्कर्ष निकालेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us