काठमाण्डु, १४ असोज– सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ बुधबार हुने भएको छ । आज सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइका लागि यस्तो कार्यतालिका बनाएको हो ।
मंगलबार उजुरीकर्तासँग छलफल गर्ने र बुधबार सुनुवाइ गर्नेगरी कार्यतालिका बनाइएको समिति सदस्य ईश्वरी घर्तीले जानकारी दिएकी छन । राउतविरुद्ध ६ वटा उजुरी परेको समितिले जानकारी दिएको छ ।
धेरै उजुरी परेकाले बुधबार सुनुवाइ हुने नहुने अनिश्चित रहेको अर्का एक सदस्यले जानकारी दिएका छन । संवैधानिक परिषद्ले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको ति सदस्यले जानकारी दिए ।