काठमाण्डु, १४ असोज– नेकपा माओवादी केन्द्र निकंट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनस्थलमा हुलदङ्गा भएको छ । काठमाण्डुको कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनस्थलमा हुलदङ्गा भएको हो ।
अखिल क्रान्तिकारीमा उमेर हद तोक्ने कि नतोक्ने भन्नेमा तीव्र विवाद हुँदै आएको छ । सोही विवाद सम्मेलनस्थलमा प्रकट भएको सहभागी प्रतिनिधि हरुले बताएका छन ।
सम्मेलनको बन्दसत्रमा उमेर हदको पक्ष र विपक्षमा चर्को बहस भएको छ भने यस विषयमा हलले ठोस निर्णय लिन सकेको छैन । केही प्रतिनिधिले उमेर हद लगाउन नहुने पक्षमा रहेका व्यक्तिहरूले बाहिरको मान्छे ल्याएर हुलदङ्गा गराएको आरोप समेत लगाएका छन् ।
हुलदङ्गा भएपनि प्रहरीले अवस्थालाई साम्य बनाएको बताइएको छ । अखिल क्रान्तिकारीको सम्मेलनका क्रममा नेतृत्व चयन सहमतिमा गर्ने कि निर्वाचनमा जाने भन्नेमा समेत अन्योलमा रहेको छ । यही कारण निर्वाचन प्रक्रिया समेत अघि बढ्न सकेको छैन ।