नुवाकोटको अदुवाबारीमा माइक्रोबस दुर्घटना, ३ जना घाइते

काठमाण्डु टुडे २०८१ असोज १४ गते १४:१३ मा प्रकाशित

काठमाण्डु, १४ असोज– नुवाकोटको शिवपुरी गाउँपालिकास्थित अदुवाबारीमा माइक्रोबस दुर्घटनामा परेको छ । काठमाण्डुबाट लमजुङका लागि छुटेको माइक्रोबस शिवपुरी गाउँपालिका–८ अदुवाबारीमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन । उक्त माइक्रोबस पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नुवाकोट हुँदै लमजुङ जाँदै गरेको खुलेको प्रहरीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us