मकवानपुरमा पहिरोमा पुरिएका ६ बालकको शव भेटियो

काठमाण्डु टुडे २०८१ असोज १२ गते १९:१५ मा प्रकाशित

मकवानपुर, १२ असोज– मकवानपुरमा पहिरोमा हराइरहेका सबै ६ बालकको शव भेटिएको छ ।

इन्द्रसरोबर गाउँपालिकाको सिस्नेरी नजिकै उनीहरु शनिबार पहिरोमा बेपत्ता भएका थिए ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले पहिरोमा हराएका सबैको शव भेटिएको पुष्टि गरे । उनका अनुसार शव लिन काठमाण्डुबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको छ ।

स्थानीय बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका बालकहरु अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय भरिएपछि पानी खोल्दा आएको बाढीबाट सुरक्षित हुन प्रशिक्षणस्थलबाट अन्यत्र जाँदै गर्दा पहिरोमा पुरिएका थिए ।

कुलेखानी जलाशय भरिएर ओभर फ्लो भएपछि शनिबार बिहान ४ः५० बजेको समयमा ड्यामका ढोका खोलिएका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उक्त विद्यालयमा एक वर्षअघिदेखि ४० जना बालकहरुलाई फुटबल प्रशिक्षण दिइरहेको थियो ।

बाँकी ३४ जना बालकलाई लिन पनि हेलिकप्टर पठाइने स्थानीय प्रशासनले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us