काभ्रेमा बाढीले अस्पताल बगायो

काठमाण्डु टुडे २०८१ असोज १२ गते १७:१४ मा प्रकाशित

काभ्रे, १२ असोज– काभ्रेको रोशी गाउँपालिका अस्पताल बाढीले बगाएको छ ।

फलामेसाँघुमा रहेको १० सय्याको अस्पताल शनिबार बाढीले बगाएको गाउँपालिकाका विपद् फोकल पर्सन भूपेन्द्र अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार मानवीय क्षति भने भएको छैन । बिरामीलाई सकुशल उद्धार गरिएको छ । अस्पताल आसपास क्षेत्रका अरु २० घर पनि बाढीले बगाएको सूचना आएको उनले बताए ।

टेलिफोन सेवा अवरुद्ध भएका कारण क्षतिको यकिन विवरण संकलनमा समस्या भएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us