काठमाण्डु, १२ असोज–सशस्त्र प्रहरी बलले निरन्तरको भारी वर्षासँगै आएको बाढीपहिरो तथा डुवान प्रभावित क्षेत्रमा उद्धारका लागि ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ ।
विपद् प्रतिकार्यमा देशभर १० हजार ५ सय ४० सुरक्षा फौज परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
थापाका अनुसार सशस्त्रले बाढीपहिरो, र डुबानमा क्षेत्रबाट १ हजार ७२ जनाको सकुशल उद्धार गरेको छ । सशस्त्रको उद्धार टोलीले उपत्यकाका तीन जिल्लाबाट मात्र ७ सय ३० जनाको सकुशल र २ जनाको घाइते अवस्थामा उद्धार गरेको छ ।
उपत्यकाका काठमाण्डु, ललितपुर र भक्तपुरका ९० स्थानमा २३ वटा ढुंगासहित उद्धार टोली परिचालन गरिएको छ ।
यस्तै ७ वटै प्रदेश मुख्यालय (बाहिनी) बाट १ सय ५१ स्थानमा गरी ६ हजार ५ सय ४० जना उद्धार कार्यको लागि परिचालित भएको उनले बताए ।
तस्बिर सौजन्यः सशस्त्र प्रहरी बल मुख्यालय
