पहिरोले काठमाण्डु प्रवेश गर्ने सबै नाका बन्द

काठमाण्डु टुडे २०८१ असोज १२ गते १६:३१ मा प्रकाशित

काठमाण्डु, १२ असोज– निरन्तरको भारी वर्षापछि आएको बाढीपहिरोका कारण काठमाण्डु उपत्यका प्रवेश गर्ने सबै नाका अवरुद्ध भएको छ ।
उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

काठमाण्डु प्रवेश गर्ने प्रमुख नाका नागढुंगा नजिकै ठूलो पहिरो खसेको छ । नारायणगढ–मुग्लिन–नागढुंगा सडक खण्डका दर्जनौं स्थानमा पहिरो झरेको छ । अर्को नाका त्रिभुवन राजपथ पनि पूर्ण रुपमा अवरुद्ध छ ।

हेटौँडा–भैँसे–पालुङ–काठमाण्डु खण्डको पनि धेरै स्थानमा पहिरो खसेको छ । कान्ती राजपथअन्तर्गत हेटौँडा–बागमती–टिकाभैरव–भैँसेपाटी–एकान्तकुना सडक प िबाढी र पहिरोका कारण अवरुद्ध छ ।

अरनिको राजमार्गबाट काठमाण्डु प्रवेश गर्ने दोलालघाट–धुलीखेल–काडमाण्डु सडकमा पनि सवारी चल्न सक्ने अवस्था छैन । यस्तै ककनी–बालाजु र छहरे–टोखा सडक पनि बन्द छ ।

सडक विभागका अनुसार देशैभरका हिमाली र पहाडी क्षेत्रका अधिकांश सडकमा गाडी नगुडेको जनाएको छ । अधिकांश स्थानमा पुलहरुमा नोक्सान भएको छ । केही पुल बाढीले बगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us