ललितपुर, १२ असोज– बाढी, पहिरो र डुबानमा परी ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरि अधिकारीले हालसम्म १८ जनाको शव फेला परेको बताए । उनले शवको सानखत हुन बाँकी रहेको जानकारी दिए ।
उद्धारको काम जारी रहेकाले शवको पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने काम बाँकी रहेको प्रहरीले जनाएको छ ।
अझै केही मानिस बेपत्ता भएको सूचना आएकाले मृतक संख्या बढ्न सक्ने अनुमान प्रहरीको छ ।