ललितपुरमा बाढीमा फसेका चार जनाको सैनिक हेलिकोप्टरबाट उद्धार

काठमाण्डु टुडे २०८१ असोज १२ गते १५:४२ मा प्रकाशित

काठमाण्डु, १२ असोज– ललितपुरमा बाढीमा फसेका चार जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

कान्तिपुर कोलोनीबाट दुई र कुसुन्ती चोकबाट डुबानमा फसेका दुई जनाको उद्धार गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले वर्षातका कारण आएको बाढी तथा पहिरोमा परी फसेकाहरूको उद्धार कार्यका लागि देशैभर टोली परिचालन गरिएको जनाएको छ ।

काठमाण्डु उपत्यकाका विभिन्न स्थानमा गण स्तरको फौज परिचालन गरिएको निर्देशनालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us