काठमाण्डु, १२ असोज- एपीवान टेलिभिजनको कार्यालयमा बाढी पसेको छ । बाढी पसेपछि टिभीको प्रसारण बन्द भएको छ ।
काठमाण्डु थापाथली पछाडि रहेको कार्यालयमा शनिबार बाढी पसेको अन्नपूर्ण मिडिया नेटवर्कले जनाएको छ ।
नेटवर्कका अनुसार शनिबार बिहान ७ बजेदेखि प्रसारण बन्द भएको छ ।