सहकारी ठगीमा संलग्न मेयर नेपाली भारतबाट पक्राउ

काठमाण्डु टुडे २०८१ असोज ११ गते १६:४० मा प्रकाशित

काठमाण्डु, ११ असोज– सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतबाट पक्राउ परेका छन । प्रहरीले उनलाई भारतको नयाँ दिल्लीबाट शुक्रबार पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका ९सीआईबी० प्रमुख एआइजी दीपक थापाले नेपालीमाथि रेड कर्नर नोटिस यसअघि नै जारी गरिएको भन्दै उनलाई पक्राउपछि नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिएका छन ।

नेपाली बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार भएका थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष रहेका नेपालीले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको भन्दै बागलुङ जिल्ला अदालतमा मुद्दा परेको थियो ।

गएको स्थानिय तहको निर्वाचनमा उनी एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us