काठमाण्डु, ११ असोज– अविरल वर्षासँगै गएको पहिरोको कारण नौबिसे–काठमाण्डु सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जानाएको छ ।
पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै अलपत्र परेका छन ।
नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो समाचार तयार पार्दासम्म २० स्थानका वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ ।