काठमाण्डु, २६ भदौ– पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख इन्दिरा राना मगरको विषयमा छलफल गरेको जानकारी दिएका छन ।
बुधबार बसेको सचिवालय बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले आफूले प्रधानमन्त्रीलाई भेटेर गलत बाटो नरोज्न अनुरोध गरेको जानकारी दिएका छन ।
उनले भने, प्रमसँग मैले गलत गर्दै हुनुहुन्छ भनेर भेटेर भनेको हो । जे सोँचेको छ त्यो सत्य हो भने घातक हुन्छ भनेर मैले भनेर आएको हो ।’ जवाफमा ओलीले आफू नेपाली कांग्रेस सहितका दलसँग छलफलमा रहेको प्रतिक्रिया दिएको जानकारी दिएका छन ।