भक्तपुरमा लामखुट्टे धपाउन बालेको कोइलाबाट आगलागी

काठमाण्डु टुडे २०८१ भदौ २१ गते १३:३३ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित नारायणटारमा आगोजनी भएको छ । आगलागीबाट एउटा गाई र बाख्रा मरेका छन् ।

गएराति लामखुट्टे धपाउन बालेको कोइलाबाट आगो सल्किएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन ।

प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको पनि उनले जानकारी दिएका छन । आगलागीबाट करिब ६० हजार बराबरको क्षति भएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us