काठमाण्डु, २१ भदौ– काठमाण्डुको नक्सालमा रहेको टेस्ला शोरूममा भएको आगलागी भएको छ । शोरुममा शुक्रबार लागेको अगालागी दमकलको सहायतामा निभाएको प्रहरी बृत्त मालिगाउँका डीएसपी इन्द्र सुवेदीले जानकारी दिएका छन ।
आगलागीबाट भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेपनि गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जानकारी दिएको छ । आगलागीबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ ।