बागलुङ, २१ भदौ- बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका छन् ।
ध२प ८०१० नम्बरको मोटरसाइकल र ध१प ९९९६ नम्बरको स्कुटर बाढीले बगाएको हो ।
मोटरसाइकल
मृत्यु हुनेमा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको रहेको बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।
सोही ठाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएका छन् । शव परीक्षणका लागि धौलागिरि अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार बेपत्ता कमलको खोजी भइरहेको छ ।