काठमाण्डु, १९ भदौ– कांग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नुवाकोट जिल्लाको सभापतिमा रामकृष्ण भट्ट मनोनित भएका छन ।
नुवाकोट जिल्ला कमिटिको सिफारिसमा भट्ट लाई आज (बुधबार) नेविसंघका केन्दीय सभापति दुजाङ शेर्पाले मनोनित गरेका हुन । भट्ट लामो समय देखि नेविसंघमा सक्रिय रहेका थिए ।
त्रिचन्द्र क्यापस बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेर लामो समय विद्यार्थी राजनीतिमा सक्रिय रहेका भट्टलाई स्ववियु निर्वाचनमा ०७९ मा त्रिचन्द्र क्यामपसको स्ववियु सभापति बलियो आकांक्षीको रुपमा हेरीएको थियो तर अन्तिम समयमा त्रिचन्द्रमा स्ववियु निर्वाचन हुन सकेन । भट्ट त्यस पछि पनि नेविसंघको राजनीतिमानै सक्रिय रहेका थिए ।
कांग्रेसले पछिल्लो समय भातृ संस्थाको नियमित अधिवेशन गर्न सकेको छैन । जसका कारण तदर्थ रुपमा कार्यसमितिहरु सञ्चालन हुँदै आएका छन् ।