काठमाण्डु, १९ भदौ– दोस्रो दिनको एमालेको पोलिटब्युरो बैठक जारी छ । ११ बजेलाई तय भएको बैठक ढिलो गरी सुरु भएको हो ।
केन्द्रीय कार्यलय च्यासलमा जारी बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेका एक वर्षे कार्ययोजनामाथि छलफल गरेर पारित गर्ने तयारी रहेको एमालेका एक नेताले जानकारी दिएका छन ।
निर्णायक ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’, नाम दिएको कार्ययोजनामाथि पोलिटब्युरो सदस्यलाई आफ्नो राय राख्न तीन मिनेटको समय छुट्ट्याइएको छ । बैठक आजै सक्ने तयारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन ।