काठमाण्डु, १९ भदौ– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)का समर्थकहरूले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान नै चलाएको खुलोको छ ।
मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ९४ मात्र रहेका छन् । मेयर साहको एमाले सांसदविरुद्धको एक पोस्ट सरकारले हटाइदिएको आरोप लगाउँदै उनका समर्थकले यस्तो अभियान चलाएका हुन ।
आफ्नो पोस्ट फेसबुकबाट गायब भएपछि बालेनले लेखेका थिए–’पोस्ट उडाउने हैन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, हैन भने दोषी समाऊ ।’ उनको यो पोस्टपछि समर्थकहरूले प्रधानमन्त्री ओलीविरुद्ध अनफलो अभियान चलाएको खुलेको छ ।