पोखरा, १७ भदौ– गण्डकी प्रदेश सरकारका मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेको राजीनामा स्वीकृत भएको छ ।
गुरुङले मन्त्रालय विस्तारमा असहमति जनाउँदै सोमबार स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा दिएका थिए ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत भएको बताए ।
मन्त्रिपरिषद विस्तार गर्दा मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधारबाट हटाएर वन मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
एमाले र माओवादी प्रतिपक्षमा हुँदा मनाङे र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाको निर्णायक समर्थनका कारण मुख्यमन्त्रीमा पाण्डेले निरन्तरता पाएका थिए ।
तर, एमाले सरकारमा सहभागी हुने भएपछि उनले मनाङको भूमिकालाई अवमूल्यन गरे ।