७० वर्षीय शेखलाई गोली हानेर हत्या गरेको आरोप लागेका अभियुक्त पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ १७ गते १८:२९ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– प्रहरीले कर्तव्य ज्यान मुद्दामा लामो समयदेखि फरार रहेका एक जना अभियुक्त फुलबाबु भनिने शेख वाहिद अलिलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले अभियुक्त देवाही गोनाही नगरपालिका १ का ५० वर्षीय फुलबाबुलाई चन्द्रनिगाहपुरबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

हाल उनलाई इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। २०८० साल जेठ १३ गते राति देवाही गोनाही नगरपालिका १ करुनिया घर भएका ७० वर्षीय शेख सैयदको गोली हानी हत्या भएको थियो ।

सोही घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनापछि उनी फरार रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us