मन्त्रालयमा असन्तुष्ट मनाङेले बुझाए राजीनामा

काठमाण्डु टुडे २०८१ भदौ १७ गते १७:०८ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– मन्त्रालय साटफेर भएपछि गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङेले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष राजीनामा बुझाएका छन् । मनाङेका स्वकीय सचिवमार्फत मनाङेले राजीनामा बुझाएका हुन् ।

मनाङेको राजीनामा पत्र लिएर मुख्यमन्त्री कार्यालयमा पुगेका अधिकारीले अपरान्ह ५ बजेपछि मुख्यमन्त्री पाण्डेलाई राजीनामा पत्र बुझाएका हुन् ।

यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका मनाङेलाई मुख्यमन्त्री पाण्डेले सोमबार वन मन्त्रालयको जिम्मेवारी दिएका थिए । आफ्नो मन्त्रालय फेरिएपछि असन्तुष्ट जनाउँदै उनले राजिनामा दिएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us