धनगढी विमानस्थलबाट २१ वटा आईफोन बरामद

काठमाण्डु टुडे २०८१ भदौ १७ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, १७ भदौ–प्रहरीले कैलालीको धनगढी विमानस्थलबाट २१ वटा आईफोनसहित एक जना पक्राउ गरेका छ । पक्राउ पर्नेमा २७ वर्षीय राजु चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार बिहान विमानस्थलको दक्षिणतर्फ रहेको यात्रु प्रवेश द्वारबाट भित्र प्रवेश गर्दा सोही प्रवेश द्वारको नजिक रहेको एक्स रे मेसिनमा चेकजाँच गर्दा चौधरीको साथबाट २१ वटा आईफोन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चौधरीले कार्टुनमा प्याक गरी ल्याएको उक्त परिमाणको आईफोनको मूल्य अन्दाजी ८ लाख ४० बराबरको भएको प्रहरीले जानकारी दिएको छ । बरामद सामानसहित चौधरीलाई नियन्त्रणमा लिएर कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us