काठमाण्डु, १७ भदौ– मन्त्रालय परिवर्तन भएपछि गण्डकीका स्वतन्त्र सांसद दीपक मनाङे असन्तुष्टि व्यक्त गरेका छन । यसअघि मनाङेले सम्हालेको भौतिक मन्त्रालय नयाँ समीकरणपछि एमालेले प्रप्त गरेको छ ।
त्यसपछि उनलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएको थियो । त्यसमा असन्तुष्टि जनाउँदै मनाङे सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा गए पनि कार्यभार भने नसम्हालेका हुन् ।
उनले वन मन्त्रालय नस्विकार्ने पनि बताएका छन । उनले भने, ‘वन मन्त्रालय मैले स्वीकारेको छैन । मुख्यमन्त्रीज्यूसँग कुरा गर्दैछु’ । कुरा नमिले राजीनामा दिने उनको चेतावनी दिएका छन ।