पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालको संसदीय सुनुवाइ सुरु

काठमाण्डु टुडे २०८१ भदौ १७ गते १४:४६ मा प्रकाशित

काठमाण्डु, १७ भदौ– पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा धितालको सुनुवाइ जारी छ ।

सुनुवाइका क्रममा उनले आफ्नो कार्ययोजना पेस गरिरहेकी छन् । यसअघि आजै इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित र मलेसियाका लागि डा।नेत्र तिमल्सिनाको पनि सुनुवाइ भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us