बागलुङ,१७ भदौ- बागलुङको उपल्लाचौरस्थित दाबगरामा रहेको बसपार्कले २३ वर्षपछि पूर्णता पाएको छ । पहुँचमार्ग विस्तारसँगै यो बसपार्क सञ्चालनमा आएको छ ।
पहुँचमार्ग साँघुरो हुँदा बस आउजाउमा समस्या भएको थियो । केही महिनाअघि नगरपालिकाले बसपार्कको पहुँचमार्ग विस्तार बसपार्क सञ्चालनमा आइसकेको छ बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए
जग्गा फिर्तागर्न ढिलाइ हुनुका साथै पहुँचमार्ग विस्तार हुन नसक्दा बसपार्क सञ्चालनमा आउन सकेको थिएन । चार वर्षअघि नै निर्माण सम्पन्न बसपार्क सञ्चालनमा आएपछि जग्गादाता खुसी भएका छन् ।
बागलुङ नगरपालिकाले नगरविकास कोषको ऋणमा रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको हो ।
बसपार्क सञ्चालनसँगै नगरपालिकाको नाममा रहेको जग्गादाताको बाँकी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठको भनाइ छ
२०५८ सालमा स्थानीयले ५९ रोपनी जग्गा नगरपालिकालाई प्रदान गरेका थिए । १७ रोपनी जग्गामा बसपार्क बनेको छ । अन्य जग्गा घडेरीका रुपमा जग्गा धनीलाई फिर्ता गर्नुपर्ने सम्झौता छ । नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याइसकेपछि बाँकी दाताको जग्गा फिर्ता गर्ने योजनामा छौ यसले नगरपालिकाको आर्थिक भार घट्नेछ’ नगरप्रमुख श्रेष्ठले बताए ।
बसपार्क सञ्चालनमा आउनासाथ बागलुङ बजारको ट्राफिक समस्या आधा घटेर जान्छ, अहिले सञ्चालनमा रहेको चिप्लेटी बसपार्कलाई अन्य कामका लागि प्रयोग गरिनेछ ।’
नगरपालिकाले बसपार्क बनाएर बाँकी रहेको जग्गा फिर्ता गर्न घडेरीको नक्सा निर्माण गरिसकेको छ ।
नगरपालिकाले वार्षिक एक करोडका दरले ऋणको साँवा तथा ब्याज नगर विकास कोषलाई तिरिरहेको छ । नगरपालिकाले बसपार्कमा व्यावसायिक सटर बनाएकाले बसपार्कबाट आम्दानी गर्न सक्ने आशा राखेका छौँ नगर प्रमुख श्रेष्ठले बताए ।
बसपार्क सञ्चालनमा आएपछि जग्गाधनीले छिटो जग्गा फिर्ता पाउने आशामा रहेको जग्गादाता तथा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बताए ।
५१ परिवारले दिएको जग्गामा बसपार्क बनाएर बाँकी जग्गा फिर्ता गर्न नक्सा तयार भइसकेको राजभण्डारीले जानकारी दिए । बसपार्क सञ्चालनमा आएपछि उपल्लाचौरमा चहलपहल बढ्नका साथै पर्यटन क्षेत्रमा समेत बागलुले पड्को मार्ने अपेक्षा र बिश्वास गरिएको छ वडा न.४ का वडाध्यक्ष कुमार बिक्रम क्षेत्रीले बताएका छन् ।