एमालेले बालेनलाई बुझायो ७ बुँदे ज्ञापनपत्र

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १७:२६ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– एमाले काठमाण्डु जिल्ला कमिटीले काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाह (बालेन)लाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

महानगरपालिकाले सर्वोच्च अदालतको फैसलालाई आधार मानी महानगर क्षेत्रभित्रको नदी नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनि तोकेको दुरीका अतिरिक्त थप २० मिनेटर जग्गामा भवन निर्माण गर्न नदिने भनि गरेको निर्णयको विरोधमा एमालेले मेयर बालेनलाई ज्ञापनपत्र बुझाएको हो ।

काठमाण्डु महानगरपालिकाबाट जारी यससम्बन्धी सूचनाले लाखौँ व्यक्तिहरु प्रभावित र पीडित भएको भन्दै एमालेले उक्त निर्णय बदर गरी महानगरबासीलाई राहत प्रदान गर्न माग गरेको छ ।

अन्यथा असामान्य परिस्थितिबाट गम्भीर परिणाम उत्पन्न हुनसक्ने तर्फ सचेत रहन एमाले काठमाण्डु जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले चेतावनी दिएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us