काठमाण्डु, १६ भदौ– विभिन्न सहकारी संस्थाहरूबाट पीडित बनेका बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका छन । आज आइतबार उनीहरू राजधानीको सडकमा प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन ।
शान्तिवाटिकामा भेला भएर उनीहरू सिंहदरबार प्रवेश गर्ने भन्दै प्रदर्शन गरेका हुन । सहकारी ठगीमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने तथा बचतकर्ताहरूको रकम सुनिश्चित गर्नुपर्ने उनीहरूले माग गरेका छन ।