घरमा वाईरिङ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १२:४८ मा प्रकाशित

सुनसरी, १६ भदौ– सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको रामधुनी नगरपालिका–४ एकराई घर भएका ५० वर्षीय पाचु उराउ रहेको प्रहरीले जानकारी दिएको छ ।

उराउको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका–२ स्थित निर्माणाधीन घरमा वाईरिङको काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us