वर्षमा तीनजना अर्थमन्त्री हुने प्रचलन अब तोडिन्छः पौडेल

काठमाण्डु टुडे २०८१ भदौ १६ गते १०:०५ मा प्रकाशित

काठमाण्डू , १६ भदौ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु  पौडेलले वर्षमा तीनजना अर्थमन्त्री फेरिने प्रचलन अन्त्य हुने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै पौडेलले वर्तमान सरकार संसदको बाँकी कार्यकाल टिक्ने दाबी गरे । वर्तमान सरकार मुलुकमा राजनीतिक स्थायित्वका लागि गठन भएको जिकिर उनको थियो ।

राजनीतिक अस्थिरताका कारण शिथिल भएको अर्थतन्त्रमा वर्तमान सरकार गठनपछि सकारात्मक प्रभाव देखिएको उनले बताए ।

निजी क्षेत्रका मागमा सरकार गम्भीर रहेकाले गुनासो छोडेर योगदानमा लाग्न उनको सुझाव थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us