नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाण्डु टुडे २०८१ भदौ १६ गते ९:४५ मा प्रकाशित

काठमाण्डु,१६ भदौ- आज सत्ताधारी पार्टी नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्ल्रिय कार्यालय सानेपामा सुरू हुनेछ ।
बैठक साउन २३ गतेदेखि चलेको केन्द्रीय समिति बैठकको निरन्तरता हो ।

बुधबारै बस्ने तय भएको बैठक दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माद्धारा पेस भएका समसामियक राजनीतिक प्रस्तावबारे विवाद आएपछि छलफल गरेर सहमति जुटाउने पछी बस्नेगरि बैठक सारिएको थियो ।

गत फागुनको महासमिति बैठकमा पारित भएको प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गर्ने गरी बैठक बसेको थियो । महासमितिले पारित गरेका पस्ताव लगायत ११ विषयमाथि केन्द्रीय समितिमा साउन २३ गतेदेखि नै छलफल भएको थियो ।

१५ औं महाधिवेशन कार्यतालिका बनाएर जाने र चुनावअघि कसैसँग पनि गठबन्धन नगर्ने विषय महामन्त्री थापाको प्रतिबेदन भएपनि अहिले नैती विषयमा निधो गरेर जान नहुनेमा सभापति देउवासहित उनी पक्षधर केन्द्रीय सदस्यहरू रहेका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माले प्रतिवेदनमा राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुन पाउने गरी बहिर्गमनका नीति बनाउनुपर्ने विषय समावेश गरेका छन् ।

दुवै महामन्त्रीको प्रस्तावको पक्ष र विपक्षमा केन्द्रीय सदस्यहरू देखिएपछि पदाधिकारी तहमा छलफल गरी सहमति निकाल्ने गरि बैठक स्थगित भएको थियो । यस बिचमा बूढानीलकण्ठमा पटकपटक छलफल भएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us