चितवन, १६ भदौ– मुग्लिन—नारायणगढ सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालनजिकै बस र ट्रक आपसमा ठोक्किएका छन् ।
मुग्लिनतर्फबाट जाँदै गरेको ग२ख११०८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको एआर–०१३६७४ नम्बरको भारतीय बस ठोक्किएका हुन् ।
दुर्घटनामा बसमा सवार तीन यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताइन् ।
ट्रक चालक पनि घाइते छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।