बैतडी, १४ भदौ– बैतडीमा भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागले बैतडीमा भारी वर्षा भएको जनाएको हो ।
बैतडीको सिद्धपुर केन्द्रमा पछिल्लो १२ घन्टामा १ सय ८ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।
उक्त क्षेत्रमा थप वर्षाको समेत सम्भावना रहेकाले खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने तथा भिरालो जमिनमा पहिराको जोखिम रहेकाले सतर्कता विभागले भनेको छ ।