बैंकहरुको व्याजदर ३० महिनायताकै सस्तो

काठमाण्डु टुडे २०८१ भदौ ५ गते १९:५५ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– ३० महिनापछि कर्जाको ब्याजदर एकल अंकमा झरेको छ ।

राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरूले लिने कर्जाको ब्याजदर एकल अंकमा आएको हो ।


असारमा वाणिज्य बैंकहरूले जारी गर्ने कर्जाको ब्याजदर औसत ९।९३ प्रतिशत छ । औसत ब्याजदर बढेर यसअघि १३।०३ प्रतिशतसम्म पुगेको थियो ।

कर्जाको माग घटेसँगै बैंकहरुले लिने व्याजदर पनि लगातार ओरालो लाग्दै आएको छ । कर्जा माग नहुँदा हाल बैंकिङ प्रणालीमा ६ खर्बभन्दा बढी तरलता छ।

राष्ट्र बैंकले पटकपटक तरलता खिच्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us