भारतले आरजुलाई दिएको महत्वले एमाले बिच्कियो: प्रचण्ड

काठमाण्डु टुडे २०८१ भदौ ५ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्वले एमाले बिच्किएको दाबी गरेका छन ।

आज बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष प्रचण्डले भने, ‘आरजु राणालाई भारतले प्रधानमन्त्री तहको ट्रिट दियो । यसले एमाले बिच्चिएको छ ।’

परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा छिन् । सोमबार नयाँदिल्ली पुगेकी परराष्ट्रमन्त्री देउवाले मंगलबार भारतीय प्रधानमत्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us